दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् । सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको उनले बताए । “पहिले अँध्यारोमा बस्नुपर्थ्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपर्थ्यो”, उनले भने, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।” उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको ग...