इटालीमा यस सप्ताहान्तमा संविधान संशोधनका लागि महत्वपूर्ण जनमतसंग्रह हुन लागेको छ। यस मतदानलाई प्रधानमन्त्री जोर्जिया मेलोनीको साढे तीन वर्षको कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको छ। मेलोनी सरकारले न्याय प्रणालीमा सुधार गर्ने भन्दै न्यायाधीश र सरकारी वकिलहरूको कार्यक्षेत्र अलग गर्ने प्रस्ताव गरेको छ। मेलोनीले यसबाट न्याय प्रणाली थप दक्ष र जिम्मेवार हुने दाबी गरेकी छिन्। तर, विपक्षी दल र ट्रेड युनियनहरूले यसलाई लोकतन्त्रमाथिको खतरा र न्यायपालिकालाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास भन्दै विपक्षमा भोट...