सातदोबाटोमा धमाधम बन्दैछ जेनजी सहिद पार्क, १५ वटा सालिक तयार [भिडियो]

नेपालमा सरकारीस्तरबाट हजारौं ठूला–साना योजना बन्छन् । सरकारी नीति–नियम र प्रक्रियागत ढिला–सुस्तीका कारण यसरी बनेका थुप्रै योजना शुरू हुनै वर्षौं समय लाग्छ । कतिपय योजना त कागजमै सीमित भएका उदाहरण पनि प्रशस्तै छन् । तर, यो योजना केही फरक छ । सरकारले करिब साढे दुई महिनाअघि ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गर्ने निर्णय गर्‍यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २०८२ पुस ९ गते बसेको १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि अन्तर्र...