सुडानको अस्पतालमा आक्रमण, १३ बालबालिकासहित ६४ जनाको मृत्यु

सुडानको डारफुर क्षेत्रमा रहेको एक अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ, जसमा १३ जना बालबालिका रहेका छन् ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले शनिबार सामाजिक सञ्जालमार्फत जनाए अनुसार शुक्रबार राति पूर्वी डारफुर राज्यको राजधानी अल-दाइनस्थित अल-दाइन शिक्षण अस्पतालमा भएको आक्रमणमा धेरै बिरामी, दुई महिला नर्स र एक पुरुष चिकित्सक पनि मारिएका छन् । उनका अनुसार उक्त आक्रमणमा आठ स्वास्थ्यकर्मीसहित ८९ जना घाइते भएका छन् । आक्रमणका कारण अस्पतालको बालरोग, प्रसूति तथा आक...