विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण शुरू हुन करिब एक साता मात्र बाँकी छ । प्रतियोगिताको १९ औं संस्करण मार्च २८ तारिखदेखि हुँदैछ । आईपीएलजस्ता फ्रेन्चाइज प्रतियोगितालाई खासगरी युवा खेलाडी उदाउने मञ्चका रूपमा हेरिन्छ । यस्तै, फ्रेन्चाइज प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै युवा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटतर्फ आफ्नो पाइला चाल्छन् । आईपीएलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउने खेलाडीको संख्या पनि निकै ठूलो छ । तर, निकै लामो समयदेखि आईपीएलमा देखिँदै आएका अ...