वर्षापछि ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत, फुङ्लिङ (ताप्लेजुङ) । दुईदिन वर्षा भएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको […]