ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । आइतबार बिहान सवा दश बजेतिर ललितपुर महानरपालिका- २८ हरिसिद्धीस्थित होसना इट्टाभट्टाको पर्खाल भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरमा एसपी, गौतम मिश्रले जानकारी दिए । पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको एसपी मिश्रले बताए । उक्त घटनामा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुम...