अमेरिकाको ओहायो राज्यस्थित क्लीभल्यान्ड शहरमा गत मंगलबार बिहान एउटा असाधारण खगोलीय घटना भयो जसले स्थानीय बासिन्दालाई मात्रै नभई वैज्ञानिक समुदायलाई पनि आश्चर्यमा पारेको छ । सामान्यतया रातको समयमा मात्रै स्पष्ट देखिने उल्कापिण्ड मंगलबार चाहिँ दिनदहाडै देखिएको थियो । त्यसक्रममा उल्कापिण्ड निकै चम्किलो देखिएको थियो र त्यहाँ शक्तिशाली विस्फोट भएको थियो । तथापि उक्त उल्कापिण्ड मानवरहित […]