इरानले इजरायलतर्फ प्रहार गर्‍यो मिसाइलको नयाँ 'वेभ'

इरानले इजरायलतर्फ नयाँ चरणमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी प्रसारक ‘आईआरआईबी’ का अनुसार इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको हो ।​ यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त आक्रमणलाई अवरोध (इन्टरसेप्ट) गर्ने प्रयास भइरहेको जनाएको छ । साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकहरूको मोबाइल फोनमा सावधानी सन्देश पठाइएको पनि जानकारी दिएको छ । उता, उत्तरी इजरायलमा भएको आगलागीमा एक जनाको मृत्यु भएको आपतकालीन सेवाहरूले जनाएका छन् । उत्तरी गालिली क्षेत्र नजिकै दुईवटा सवारी...