नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । शुक्रबारदेखि जारी बैठकमा हालसम्म ३७ जना नेताले आफ्ना भनाइ राखेका छन् । बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय दिइएको छ । बैठकमा नेताहरूले सभापति गगन थापाको राजीनामादेखि चुनावमा पराजयसम्मको विषयमा आफ्ना धारणा राखेका छन् । यसैगरी पूर्वसभापति शेरबहादुर देउवा र नेता दीपक खड्काको घरमा जेनजी आन्दोलनका क्रममा जलेका पैसाको विषयमा समेत नेताहरूले बैठकमा कुरा उठाएका छन् । एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा नेत...