कपिलवस्तुको महाराजगञ्जमा थपियो निषेधाज्ञा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध

कपिलवस्तुको महाराजगञ्जमा शनिबार भएको धार्मिक विवादले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा आइतबार पनि जारी छ । मन्दिर तोडफोड गर्ने र मन्दिरका सामग्रीमा क्षति पुर्‍याउनेलगायतका विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनावको वातावरण सिर्जना भएको र दिनभरजसो जुलुस प्रदर्शन भएको थियो । फेरि सम्भावित घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार पनि निषेधाज्ञा लगाएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न&nb...