पोखरा विमानस्थल प्रकरण: तत्कालीन पर्यटनसचिवसहित २१ व्यक्ति २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग वादी गरिएको छ ।