पटक-पटक मन्त्री र सांसद बनेकाहरूले रूखमा भोट हालेनन्, कारबाही गर्नुपर्छ : शम्भु बुढाथोकी

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भु बुढाथोकीले पटक-पटक मन्त्री र सांसद बनेकाहरूले रूखमा भोट नहालेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस मुख्यालय सानेपालमा जारी केन्द्रीय समिति बैठकमा उनले पटक-पटक मन्त्री र सांसद बनेकाहरूले रूखमा भोट नहालेकाले उनीहरूलाई कारबाही गर्नुपर्ने बताए ।  'पटक-पटक मन्त्री र सांसद भएकाले कांग्रेसलाई भोट हालेनन् । उनीहरूलाई कारबाही नगर्ने भए सम्मान गरौं,' उनले भने । शुक्रबारबाट शुरू भएको कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्...