पोखरा विमानस्थलमा भ्रष्टाचार– यी हुन् प्रदीप अधिकारीसहित २३ प्रतिवादी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दावी गरिएको छ । यस मुद्दामा तत्कालीन सचिव अधिकारीका अलावा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीलाई पनि...