चैत्र १३ गते प्रधानमन्त्रीको शपथ गर्ने तयारी गरेसँगै अब बालेन नेतृत्वको सरकारले कहाँबाट काम शुरू गर्छ ? कुन–कुन क्षेत्रमा सुधार गर्छ ? आम मानिसलाई चासो बनिरहेको छ । जनताको आधारभूत आवश्यकतामध्ये सबैभन्दा समस्याग्रस्त बनेको स्वास्थ्य क्षेत्र हो । अधिकांश सरकारी अस्पतालको दुरावस्थाका कारण मासिनहरू महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । मुटु, क्यान्सर र मिर्गौलाजस्ता जटिल रोगको उपचारका लागि सरकारी अस्पतालमा बेड पाउन पनि सर्वसाधारणलाई मुस्किल परिरहेको छ । सामान्य शल्यक्रियाका लागि महिनौं कुर्नुप...