जेनजी आन्दोलनमा सुनधारा कारागारबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ४ का २८ वर्षीय चेतबहादुर रम्तेल छन् । उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।  एसपी भट्टराईका अनुसार उनको साथबाट प्रहरीले खैरोहेरोइन जस्तो देखिने पदार्थ २.३८ ग्राम, नगद ७७ हजार, मोबाइल २ थान र डिजिटल...