ललितपुरको हरिसिद्धीमा इँटा भट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटा भट्टामा आज इँटा भट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् । उक्त घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा रुकुम घर भई सोही इँटा भट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानक...