कहाँ पुग्यो मन्त्रीको संख्या घटाउने तयारी ? कुन-कुन मन्त्रालय गाभिएलान् ?

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारले मन्त्रालयको संख्या घटाउने चर्चा चलिरहेको छ । तर, सिंहदरबार भने यसबारे बेखबर देखिएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय छन् । त्यसलाई घटाएर १५ को हाराहारीमा समेट्ने चर्चा चलिरहेको छ । मन्त्रालयको संख्या घटाउने तयारी सरकारी तहमा भन्दा रास्वपाको आन्तरिक तहमा बढी भइरहेको देखिन्छ । सानो सरकार र ठूलो सुशासन भन्ने अवधारणा अन्तर्गत काम गरिरहेको रास्वपा प्रवक्ता मनिष झा बताउँछन् । मन्त्रालयको संख्यामा पुनर्विचार भइरहेको उनले बताए । तर, सिंहदरबार ...