हिमालको रोयल्टीमा प्रदेश सरकारको आँखा, अर्थतन्त्र कायापलट गर्ने दाबी

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशको अर्थतन्त्र सुधार र विकासका लागि रोचक योजनाहरू अघि सारेका छन्  ।  आइतबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सगरमाथालगायत ठूला हिमालको रोयल्टी संघ (केन्द्र) सरकारले लैजाने भएपछि अब प्रदेश सरकारले ६ हजार मिटरभन्दा मुनिका हिमालमा आफ्नो ध्यान केन्द्रित गरेको बताए । कोशी प्रदेशमा ६ हजार मिटरभन्दा मुनिका थुप्रै साना तर आरोहणका लागि अत्यन्तै आकर्षक चुचुराहरू रहेका उनले बताए । ती हिमालको आरोहण अनुमति दिने...