‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश, दिक्षा र रिनोजको समूहलाई

८ चैत, काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ। ‘इन्टरटेनमेन्ट टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा भएको प्रतियोगितामा रवि धक्ख्वा, एलेन महर्जन र विपुल महर्जनको समूह उपविजेता बने। यस्तै राकेश महर्जन, स्ववेच्छा नेम्बाङ र प्रमेश कार्कीको समूह तेस्रो भयो। […]