नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल मुक्त गराई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। ललितपुरको सानेपामा चैत ६ देखि ८ गतेसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो। उनी यूएईबाट जहाजमा तेल लिन गएका इरानी सेनाको नियन्त्रणमा परेका हुन् । मध्यपूर्वमा चर्किएको युद्धका कारण त्यहाँ रहेका लाखौँ नेपालीहरूको सुरक्षा अवस्थाप्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रवक्ता देवराज ...