एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् । इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जानकारी दिए। “ती मुल्कबाट कुल ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्मको एक वर्षको अवधिमा अफगानिस्तान फर्किएका छन्,” अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजन (आरटीए) ले शनिबार राति हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । “अफगान सरकारले ती देशबाट स्वदेश प्रवेश गर्ने नाकामा फर्केकाहर...