इजरायली सुरक्षा प्रणालीमा इरानको धक्का, परमाणु क्षेत्र नजिकै मिसाइल खसेपछि...

इरानले इजरायलको परमाणु ठेगाना नजिकै रहेको दक्षिण इजरायली क्षेत्रका दुई सहरमा भीषण मिसाइल आक्रमण गरेको छ। सो ब्यालिस्टिक मिसाइल आक्रमणमा परी १६० भन्दा बढी मानिस घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। इजरायली आपतकालीन सेवाका अधिकारीहरूका अनुसार, मिसाइलहरू खसेपछि दक्षिण इजरायलको अरद सहरमा ८४ र डिमोना सहरमा ७८ जना घाइतेको उपचार भइरहेको छ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले डिमोनास्थित इजरायलको परमाणु अनुसन्धान केन्द्रभन्दा करिब १३ किलोमिटर टाढा मिसाइल खसेको जानकारी दिएको छ। एजेन्सीका अनु...