लहानमा सवारी साधनको प्राविधिक जाँच : ५६ वटामा समस्या, मर्मत गरेर मात्र चलाउन निर्देशन

९ चैत, सिरहा । सवारी दुर्घटना न्यूनीकरणका लागि लहानमा विभिन्न सवारी साधनहरुको यान्त्रिक अवस्था जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहा तथा यातायात व्यवस्था कार्यालय लहान, सिरहाको प्राविधिक इन्जिनियर विशेषज्ञ टोलीको संयुक्त सहकार्यमा लहान नगरपालिका–१ स्थित कार्यालय अगाडि सवारी साधनहरुको प्राविधिक परीक्षण गरिएको हो । ट्राफिक प्रहरी सहायक निरीक्षक अनरुध भुजेलका अनुसार,चेकजाँचका […]