युद्धबीच तेल र ग्यासबाट इरानले रेकर्ड राजस्व कमायो

अमेरिका र इजरायलसँग युद्धमा रहेको इरानले युद्धलाई अवसरमा परिणत गरेको छ। अमेरिकाले खार्ग टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन । यसको फाइदा उठाउँदै, इरानले खार्ग टर्मिनललाई सञ्चालनमा राखेको छ र चीनलाई आपूर्ति गर्न जारी राखेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् ।  अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एस एन्ड पी ग्लोबलका अनुसार, इरानले दैनिक १.७ देखि २० लाख ब्यारेल तेल निर्यात गर्छ, जसको ठूलो हिस्सा चीनमा जान्छ। देशको तेल निर्...