अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री किएर स्टार्मरबीच मध्यपूर्वको बढ्दो तनाव र विश्वव्यापी सुरक्षाका विषयमा टेलिफोन वार्ता भएको छ। दुई नेताहरूबीचको यो संवाद विशेषगरी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' लाई पुनः सञ्चालन गर्ने र विश्वव्यापी ढुवानीलाई सुरक्षित बनाउने विषयमा केन्द्रित रहेको समाचारहरुमा उल्लेख छ । डाउनिंग स्ट्रीटले जारी गरेको जानकारी अनुसार ट्रम्प र स्टार्मर दुवैले होर्मुज स्ट्रेटलाई तत्काल खोल्न आवश्यक रहेको कुरामा सहमति जनाएका छन्। इरानले यो जलमार्ग बन्द गरेपछि ...