‘बर्ड फ्लु’ भेटिएपछि दमकमा मासु–अण्डा ओसारपसारमा प्रतिबन्ध

दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।  फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवे...