इरानसँग युद्धविराम वार्ता गर्न चाहन्छन् ट्रम्प, कडा सर्तले अड्कियो संवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले इरानसँग युद्धविरामबारे छलफल गर्न चाहेको छ । एक्सियोस न्यूजका अनुसार ट्रम्पका सल्लाहकारहरू, जारेड कुशनर र स्टीव विटकफ पनि यस प्रयासमा संलग्न छन् । यद्यपि, इरानले वार्ताका लागि शत्रुता रोक्नुपर्ने र क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्तहरू राखेको छ । यसैगरी, भविष्यमा फेरि आक्रमण नगर्ने दृढ ग्यारेन्टी पनि इरानले माग गरेको छ ।  अर्कोतर्फ, ट्रम्पले स्पष्ट पारेका छन् कि उनी इरानका सबै सर्तहरू, विशेष गरी क्षतिपूर्तिको माग स्वीकार गर्न अझै तयार छैनन् । अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता हालसम्म ...