इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासस्थित एक रेडियो तथा टेलिभिजन केन्द्रको ट्रान्समिटरमा आक्रमण भएको छ। इरानको रिभोलुसनरी गार्डसँग आबद्ध अर्ध-सरकारी समाचार एजेन्सी तास्निमका अनुसार यस आक्रमणमा परी केन्द्रमा कार्यरत एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। होर्मुज स्ट्रेटको ठीक छेउमा रहेको रणनीतिक महत्वको सहर बन्दर अब्बासको 'पर्सियन गल्फ रेडियो र टेलिभिजन सेन्टर' लाई निशाना बनाएर यो आक्रमण गरिएको हो। इरानले यस आक्रमणको सिधा जिम्मेवार अमेरिका र इजरायल भएको दाबी गरेको छ। यद्यपि, इरानक...