भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्या समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो। आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको हो । पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्...