नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कार्की आयोगको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग पुनः आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएका हुन्। प्रतिवेदन सार्वजनिक नगरिएकाले विभिन्न आशंका र उपशंका जन्मिएको उनको भनाइ छ । उनले अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रतिवेदन सार्वजनिक नगर्नु कर्तव्यबाट विमुख हुनु भ...