काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौं रुपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौं महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्कीको पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् । काठमाडौं...