‘सी ड्र्यागन २०२६’ : अमेरिकाको नेतृत्वमा भारतसहित ४ देशबीच संयुक्त पनडुब्बी विरोधी युद्ध अभ्यास

भारतीय नौसेना अमेरिकाको नेतृत्वमा भइरहेको बहुराष्ट्रिय सैन्य अभ्यास ‘सी ड्र्यागन २०२६’ मा सक्रिय रूपमा सहभागी भएको छ। मार्च महिनाभर सञ्चालन हुने यो अभ्यास गुआमस्थित एन्डरसन एयर फोर्स बेसमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  अमेरिकी नौसेनाको नेतृत्वमा भइरहेको अभ्यासमा भारतसँगै अष्ट्रेलिया, जापान र न्यूजील्याण्डका समुद्री तथा वायुसेनाहरू सहभागी छन्। बहुराष्ट्रिय सहभागिताले इन्डो–प्यासिफिक क्षेत्रमा सहयोगी देशहरूबीच समन्वय, सहकार्य र समुद्री सुरक्षा सुदृढ पार्ने लक्ष्य राखिएको छ। ‘सी ड्र्...