ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक

लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा पुस्तक लोकार्पण गरिएको हो । लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्णालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए ।  उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइँ नैयाइँ कथा दिया । मेरा लेखनका स्रोत अपठित कर्नाली...