विपन्न विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको 'अवसरको झोला'

मुक्तिनाथ विकास बैंकले आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै बैंकले हरेक बालबालिकामा सपना भए पनि ती पूरा गर्न समान अवसर नहुने यथार्थलाई मध्यनजर गर्दै सञ्चालन गरिएको हो ।   अभियानमार्फत् वितरण गरिएका झोलाले विद्यार्थीहरूका लागि केवल सामग्री मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा बोकेको सन्देश दिएको बैंकले जनाएको छ। कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहा...