५७ जनाले प्रेम आलेसँग पैसा लिएर अन्तर्घात गरेको उम्मेदवारको दाबीले कांग्रेसमा खैलाबैला

नेपाली कांग्रेसका ५७ जनाले पैसा खाएको भनेर नेकपा उम्मेदवार प्रेम आलेले आफूलाई सूची दिएको कांग्रेस उम्मेदवारको दाबीले कांग्रेसमा तरंग आएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कैलाली-५ का उम्मेदवार नरनारायण शाह ‘मनु’ले आलेले आफूलाई ५७ जनाको सूची दिएको बताएका थिए । ‘चुनावमा तेस्रो भएका उम्मेदवार उहाँ स्वयंले आएर मलाई लिस्ट दिनुभयो । तपाईंप्रति मेरो सद्‌भाव छ, तपाईंका यी मान्छेले आर्थिक सहयोग लिएका हुन्, आइन्दा सतर्क रहनु भनेर भन्नु भएको थियो । पैसा खाने...