सुरेन्द्र उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय समिति गठन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति गठन गरिएको छ ।​ गत पुस २५ गते सम्पन्न साधारणसभाबाट निर्वाचित समितिको आइतबार बसेको बैठकले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको हो । नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम निर्वाचनबाट नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा निर्वाचित सदस्य मध्येबाट पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी नाडाको २९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइएको नाडाले जनाएको छ ।​ जसमा निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्था...