९ चैत, काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्ष उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ : ५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । […]