Lokantar
शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर छँदा सस्मित विज्ञ टीमको सदस्य थिए । पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल तथा कांग्रेस महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै सांसद बनेका थिए । संसद् बनेको पहिलो कार्यकालमै पोखरेलले मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् ।
Go to News Site