काठमाडौंबाट रोल्पा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, २ जनाको मृत्यु | Collector
काठमाडौंबाट रोल्पा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, २ जनाको मृत्यु
Lokantar

काठमाडौंबाट रोल्पा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सवारी दुर्घटना भएको छ। दाउन्नेको बतासेडाँडाबाट बस र ट्रक खोलामा खसेका छन्। इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी कृष्णप्रसाद डाँगीका अनुसार दुर्घटनामा कम्तीमा २ जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी घाइते भएका छन्। काठमाडौंबाट रोल्पाका लागि छुटेको लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारीसाधन खोलामा खसेका हुन्। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको ...

Go to News Site