Lokantar
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन्। जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ पर्नुअघि ओलीले सरकारको यो कदम राजनीतिक बदलाको भावनाबाट प्रेरित रहेको बताएका हुन्। प्रहरीले जरुरी पक्राउ पुर्जी लिएर आएपछि ओलीले आफ्ना कानुनी सल्लाहकारहरूसँग आकस्मिक परामर्श गरेका थिए। पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शका क्रममा ओलीले भने, 'यो...
Go to News Site