Lokantar
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर नेकपा (एमाले)ले विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेले प्रदर्शन गर्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिए । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि शुरू हुने प्रदर्शनमा सहभागी बनौं । कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ,’ सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले लेखका छन् । ...
Go to News Site