ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक
Lokantar

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो । बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने सचिव महेश बस्नेतले जानकारी दिए । सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै एमालेले प्रदर्शन गर्ने तयारी गरेको छ । सचिवालय बैठकबाट यसबारे निर्णय हुने अपेक्षा बुझिएको छ ।  प्रहरीले शनिबार बिहान ओलीलाई पक्राउ गरेको थियो ।

Go to News Site