ओलीलाई प्रहरी परिसरबाट टिचिङ अस्पताल लगियो
Lokantar

ओलीलाई प्रहरी परिसरबाट टिचिङ अस्पताल लगियो

गिरफ्तारीमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा पठाइएको छ । गुण्डुबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा पुर्‍याइएका ओलीलाई मेडिकल जाँचका लागि टिचिङ लगिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जाँच भएपछि कहाँ राख्ने भन्ने तय हुनेछ ।  उनलाई आजै बिहान पक्राउ गरिएको थियो । ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत आजै बिहान पक्राउ गरिएको छ ।

Go to News Site