‘पोस्ट–मोडर्न’ दृष्टिकोणले कुनै एक सार्वभौमिक सत्य, केन्द्र, वाद, मान्यता, सिद्धान्त वा शैलीमा विश्वास नगर्ने भएकाले यसलाई एक बहुलवादी धार मानिन्छ । यसले सत्य कहिल्यै पनि पूर्ण, शा...