च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप
Lokantar

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई लिएर च्यासलमा एमाले कार्यकर्ता टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।  प्रदर्शनका क्रममा च्यासलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई पन्छाउने क्रममा बल प्रयोग गरेको हो ।  दजर्नौँ संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले केपी ओलीलाई निशर्त रिहा गर्नुपर्ने माग गरे । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रदर्शनकारीलाई सम्झाइ बुझाइ प्रदर्शनलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको बताए ।

Go to News Site