Lokantar
काभ्रेपलाञ्चोकमा आज भएका छुट्टाछुट्टै २ घटनामा २ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...
Go to News Site