आगामी वैशाख २ गतेदेखि आर्थिक गणना
Lokantar

आगामी वैशाख २ गतेदेखि आर्थिक गणना

आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणक परिचालन गरिने जानकारी दिइयो । कार्यालयकी प्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिइन् । उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणक नियुक्ति गरिसक्ने र खटिने गणकलाई सही सूचना उपलब्ध गराउन आग्रह गरिन् । अठार वटा उद्योग समूहका आर्थिक एकाइलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिइन् ...

Go to News Site