इतिहास केवल अतीतको घटनाक्रमको अभिलेख मात्र होइन । वास्तविक इतिहास भनेको अतीतको यथार्थ र वस्तुपरक विश्लेषण हो । इतिहासका पाना पल्टाउँदा संसारमा अनेकौँ सभ्यता, साम्राज्य र शासन व्यवस...