Collector
रास्वपाका कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछाने | Collector
रास्वपाका कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछाने
Lokantar

रास्वपाका कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सांसदहरूसँग छलफल गर्दै छन् । रास्वपाका अनुसार लामिछानेले आज पहिलो चरणमा कोशी प्रदेशका सांसदसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे कोशी प्रदेशका सांसदसँग छलफल हुने रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । कोशी प्रदेशका सांसदहरूसँगको छलफलपछि मधेश प्रदेशका सांसदसँग छलफल गर्ने तय भएको छ । मधेश प्रदेशका सांसदसँग दिउँसो साढे १ बजे छलफल हुनेछ ।

Go to News Site